
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पेलेर अघि बढेपछि नेपाल बार एसोसिएसनले बिहीबारदेखि उपत्यकाका सबै अदालतमा दुई घण्टा बहिस्कार घोषणा गरेको छ ।
बिहीबारदेखि उपत्यकाका सबै अदालतमा कानुन व्यवसायीले दुई घण्टा इजलास नजाने घोषणा गरेका हुन् ।उपत्यकाका तीन वटै जिल्ला अदालत उच्च अदालत र विशेष अदालत र सर्वोच्च अदालतमा १० बजेदेखि १२ बजेसम्म बेन्च नजाने निर्णय भएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
जबराले आफूखुसी पेसी तोक्क थालेकाले अब कडा आन्दोलनमा जानुको विकल्प नभएको उहाँले बताउनुभयो । “बार र न्यायाधीशलाई विश्वास नलिइ अघि बढेकाले अब निर्णायक आन्दोलनमा जान्छौँ,” उहाँले भन्नुभयो,“कडा आन्दोलन नगरी न्यायपालिका सुधार्न सकिँदैन ।” नागरिक खबरबाट