न्याय परिषद् सदस्यलाई बारको पत्र : प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुनु

काठमाडौँ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको न्याय परिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुलाई अनुरोध गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलले परिषद् सदस्यहरुलाई पत्र लेखेर जबराले बोलाएको बैठकमा सहभागी नहुन अनुरोध गर्नुभएको हो। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु लामो समयदेखि आन्दोलनमा छन् । आन्दोलनको नेतृत्व नेपाल बार एसोसिएसनले गर्दै आएको छ । परिषद् सदस्यहरुलाई लेखिएको पत्रमा न्याय परिषद् बैठकमा उपस्थित नभइ अवज्ञा गर्न अनुरोध गरिएको छ । प्रधानन्यायाधीश जबराले थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने आशंका बारले गरेको छ ।

“न्यायिक मात्र नभइ आम नागरिक समेतको विश्वास गुमाएका प्रधानन्यायाधीशले न्याय परिषद्को बैठक डाकी थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने टड्कारो आशंका रहेकाले निजले डाकेको न्याय परिषद् बैठकमा उपस्थित नभइ अवज्ञा गर्न र विकृति, विसंगति, बिचौलिया, भ्रष्टाचारमुक्त न्यायपालिका बनाउने बारको अभियानमा सहयोग पुर्याउन अनुरोध गरिन्छ,” पत्रमा भनिएको छ ।प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबन्डामा मुछिएपछि एसोसिएसनले उनीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार