ढकालको ठाउँमा उद्योग वाणिज्य महासंघले पठायो उपाध्यक्ष श्रेष्ठलाई

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठलाई पठाएको छ । यसअघि महासंघकै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै बोर्डको सदस्यमा रहेका थिए ।

तर, पछिल्लो समय सर्वोत्तम सिमेन्टको सेयर विवादमा ढकाल पनि मुछिएसँगै उक्त पदबाट राजीनामा दिँदै बाहिरिएका थिए । सोही रिक्त पदमा पुनः महासंघले उपाध्यक्ष श्रेष्ठलाई पठाएको हो । योसँगै व्यवसायी अञ्जनकुमार श्रेष्ठ धितोपत्र बोर्डको सञ्चालक बनेका छन् । श्रेष्ठले बिहीबार पहिलो पटक धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा सहभागिता जनाएका छन् ।

पहिलो पटक बोर्ड बैठकमा सहभागि श्रेष्ठलाई बोर्ड सञ्चालक समितिले स्वागत गर्दै नियमित प्रकृया अनुरुप बैठक सम्पन्न गरेको छ ।योसँगै अब बोर्डमा श्रेष्ठको प्रतिनिधित्व डेढ वर्ष रहनेछ । नवनियुक्त सदस्य श्रेष्ठ महासंघका वस्तुगततर्फका उपाध्यक्ष हुन् भने नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रका सफल व्यवसायी हुन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार