
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न
आज काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले १३ औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको पनि बताउनुभयो। ‘कांग्रेस कमजोर भएको मौकामा कम्युनिष्टले दुईपटक संसद भंग गर्यो,’ उहाँले भन्नुभयो। उहाँले प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम व्यक्तिको हातमा पुर्याउनुपर्ने बताउनुभयो।
‘कुन नेताको के हैसियत थियो भन्ने कुरा सबैलाई थाहा छ। लुकाएर लुक्ने कुरा होइन,’ सिंहले भन्नुभयो, ‘आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४ औं महाधिवेशनमा म पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिन्छु।’उहाँले सभापति उम्मेदवार हुनुमा आफ्नो कुनै व्यक्तिगत चाहना नभएको पनि बताउनुभएको छ । उहाँले प्रजातन्त्र दु:ख, कष्ट गरेर आएको पनि बताउनुभयो। सेतोपाटीबाट