पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनसँग वार्ता हुँदै

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलनरत विभिन्न विद्यार्थी संगठनसँग वार्ता हुने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विद्यार्थी संगठन र मन्त्रालयबीच वार्ता हुने भएको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्दै आएका छन् । राजधानीको प्रदर्शनी मार्गमा विद्यार्थीहरु ५ विद्यार्थी संगठनले आइतबार ग्यास सिलिन्डरसहित प्रदर्शन गरेका थिए । मूल्य वृद्धि फिर्ताको माग गर्दै विद्यार्थीहरुले कात्तिक २५ देखि मंसिर ५ सम्मका चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार