न्यायालय विवादमा सरकार मूकदर्शक भएर बस्न मिल्दैन : सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मूकदर्शक भएर बस्न नमिल्ने बताउनुभएको छ । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधानसम्मत तरिकाले नै समाधान गर्नुपर्ने बताउनुभएको हो । एक–दुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उहाँको भनाई थियो ।

‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायपालिका भइरहेको विवादको मुख दर्शक हुनुहुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गर्नुपर्दछ,’ नेता सिंहको भनाइ थियो । साथै उनले वर्तमान स्थितिमा अर्लि इलेक्शनको सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताउनुभयो । उहाँले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने समेत दोहो¥याउनुभयो। वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरी रहेको उहाँको भनाई छ ।ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार