
मोरङ । प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले केन्द्रदेखि प्रदेशसम्म पाँच दलीय गठबन्धन संविधानको रक्षाका निम्ती बनेको दावी गर्नुभएको छ ।
बुधबार प्रदेशसभा बैठकमा बोल्दै कोइरालाले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले प्रतिगमनको विरुद्धमा गठबन्धन बनेको र सोहीअनुसार प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई बनेको बताउनुभयो । त्यसैले राई नेतृत्वको सरकारलाई काँग्रेसको समर्थन र सहयोग रहने बताउनुभयो । उहाँले गठबन्धनको पक्षमा मतदान गर्न पनि सांसदहरुलाई आग्रह गर्नुभयो । रातोपाटीबाट