अब किसानले कफीखेतीको बीमा गराउन पाउने

काठमाडौँ । बीमा समितिले कफीखेतीको बीमा गर्न मिल्ने व्यवस्था गरेको छ । समितिले ‘कफीखेती बीमालेख’ जारी गरेपछि सोको खेती गर्दै आएका किसानले कफीको बीमा गर्न पाउने भएका हुन् । समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’अनुसार बीमालेख यही साताको सोमबार जारी गरेको थियो ।

सोही, बीमालेख अनुसार किसानले अबदेखि बीमा गर्न पाउने भएका हुन् । समितिले कृषिखेतीलाई ध्यानमा गर्दै कृषि तथा पशुबीमा सम्बन्धी बीमालेख जारी गर्दै आएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कफीखेतीको प्रोत्साहन गर्न बीमालेख जारी गरेर बीमा गर्न मिल्ने व्यवस्था मिलाएको बताउनुभयो ।

बीमालेख जारी भएसँगै निर्जीबन बीमा कम्पनीहरुले कफीखेतीमा हुने आगलागी, हावाहुरीबाट क्षती, बाढी(पहिरोबाट हुने क्षतीको बीमा गर्न पाउँछन् । यस्तै, हिउँ–तुसारो, प्राकृतिक प्रकोप र किरा तथा रोगको समेत बीमा गर्न मिल्नेछ । यो बीमालेखले अप्रत्यक्ष क्षती र आधिकारिक निकायबाट भएको क्षत्रीलाई भने सम्बोधन गर्ने छैन ।

यस्तै, विकीरणयुक्त पदार्थ, आणविक, रासायनिक तथा जैविक हतियार, युद्ध वा युद्ध सरहको अवस्थाबाट हुने नोक्सानीमा पनि बीमाको दायित्व नहुने बताइएको छ । एकै ठाउँमा लगाइएको कफीखेतीको आंशिक बीमा गर्न पाइने छैन । एक ठाउँमा लगाइएको सबै कफीखेतीको बीमा गर्नुपर्ने व्यवस्था छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार