
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सर्वोच्चमा देखिएको समस्या समाधान प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने बताउनुभएको छ । आज सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालय उद्घाटन गर्न गएका नेपालले धनगढीमा यस्तो बताउनुभएको हो ।
उहाँले सर्वोच्च अदालतमा देखिएको समस्याको विषयमा गठबन्धन दलहरुले छलफल गरि सकेको र त्यसको समाधानको लागि प्रधानमन्त्रीको हैसियतमा शेरबहादुर देउवाले पहल गर्ने उहाँले बताउनुभयो । उहाँले यो विषय छिट्टै समाधान हुनुपर्नेमा पाँच दलीय गठबन्धन एक ठाउँमा रहेकोसमेत बताउनुभयो।
उहाँले भन्नुभयो, हाम्रो पाँच दलको बैठक बस्यो । बैठकले सर्वोच्च अदालतमा देखिएको समस्यालाई राम्रो वातावरणमा छिटो भन्दा छिटो समाधान हुनुपर्दछ, सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ,’ नेपालले भन्नुभयो, ‘यसका निम्ति प्रधानमन्त्रीज्यूले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले पहल गर्नुहुन्छ ।’ नागरिक खबरबाट