
काठमाडौँ । मंगलबार रुकुम (सल्ले) का लागि काठमाडौँबाट उडेको जहाज नेपालगञ्ज अवतरण गर्नुपर्नाको कारण बारे नेपाल वायुसेवा निगमले मुख खोलेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले सो घटना बारे बाहिर उठेको टिका टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपालगञ्जत अवतरण गराउनु पर्नाको कारण रहर नभएर बाध्यता भएको बताएको छ ।
मंगलबार बिहान ५ः १५ का लागि काठमाडौँ–रुकुम (सल्ले) उडान तालिका तयको निगमको जहाज खराब मौसमका कारण समयमै उड्न नसकेको र ढिला गरी २ः १५ मा मात्र उडेको निगमले जनाएको छ । उक्त जहाज सल्ले पुग्न बेलुकी ५ बज्ने तर जहाजको चालक दल सहितका अन्य कर्मचारीको ड्युटी समय ४ बजेसम्मको मात्र भएकाले समय पाबन्दीका कारण बाध्यताले नेपालगञ्जसम्म उडान भर्ने निर्णयमा निगम पुगेको बताएको छ ।
एक पाइलटले दैनिक १० घण्टासम्म उडान भर्न सक्ने अन्तर्राष्ट्रिय नियम अनुसार नै उक्त निर्णय लिइएको निगमको भनाई छ । एकाबिहानैदेखि काठमाडौँमा रोकिएका अकुपेन्सी (सेवाग्राही) लाई घर फर्काउनुभन्दा नेपालगञ्जसम्म भनेपनि पुर्याउ भन्नेले उद्देश्यले निगमले उडानको निर्णय लिएको समेत स्पष्ट पारेको छ । गत मंगलबार सल्लेका लागि उडेको जहाज पाइलटको ड्युटी समय सकिएको भन्दै नेपालगञ्जमा आपत्कालीन अवतरण गरियो भन्दै सनसनी मच्चिएको थियो । रातोपाटीबाट