नेपालमा ‘क्रिप्टोकरेन्सी’कारोबार गर्न सकिने : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्न सकिने बताउनुभएको छ । नेपाल राष्ट बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताउनुभएको हो।

राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले भन्नुभयो, ‘हामीले डिजिटल भुक्तानीलाई सबैभन्दा पहिले मूलधारमा ल्याउनुपर्छ र यसको पूर्ण प्रयोगमा आएपछि हामीले हाम्रो बजारमा क्रिप्टोकरन्सीको प्रयोगबारे सोच्न सक्छौँ। नेपालमा क्रिप्टोकरेन्सीको भविष्य छ।’

के हो क्रिप्टोकरेन्सी ?

क्रिप्टोकरेन्सी भनेको डिजिटल वा भर्चूअल अर्थात् कुनै भौतिक अस्तित्व नभएका मुद्रा हो। क्रिप्टोकरेन्सीको केन्द्रीय ब्याङ्क हुँदैन र संसारभरिका थुप्रै कम्प्युटरहरूमा राखिएको रेकर्डको आधारमा यो सञ्चालन हुन्छ। यसबाट सरसमान किन्न वा भुक्तानी गर्न सकिन्छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार