प्रदेश कमिटीको बैठक सम्बोधन गर्न सुर्खेत जादै नेपाल

सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज सुर्खेत जान लाग्नुभएको छ । सुर्खेत आउने बुद्ध एयरको जहाजमार्फत् नेपाल सुर्खेत जान लाग्नुभएको हो ।

कर्णाली प्रदेश कमिटीको प्रदेशम बैठक र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेपाल सुर्खेत जान लागेको नेकपा (एस)का केन्द्रीय सदस्य देवी ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुर्खेतमा प्रदेश कमिटीको बैठक बस्दैछ। नेपालले उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

यससँगै प्रदेश कमिटीका पदाधिकारीहरूलाई उहाँले सपथ खुवाउनुहुनेछ । ओलीका अनुसार आजको बैठकमा जिल्लाबाट पार्टीको कार्यप्रगतिबारे रिपोर्टिङ गर्ने, कार्य विभाजन गर्ने, विभिन्न विभाग, समन्वय कमिटी, परिषद् निर्माण गर्ने, सदस्यता नविकरण गर्ने एजेण्डा छन् । अध्यक्ष नेपाललले सम्बोधन गर्ने कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला शुक्रबार सुर्खेतमा हुनेछ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार