
चितवन । एमाले केन्द्रीय सदस्य शिबमाया तुम्बाहाङफेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदावारी दिने घोषणा गर्नुभएको छ । उहाँले मनोननयन दर्ता गर्ने दिन सचिवमा उमेदवारी दिने बताउनुभयो ।
‘पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्छ। केन्द्रीय सदस्य अनुसारको उपस्थिति चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘अर्को कुरा महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राखेर हुँदै, नेतृत्व तहमा पनि पुर्याउनुपर्छ।’तुम्बाहाङफे प्रतिनिधि सभाकी पूर्वउपसभामुख हुनुहुन्छ । उहाँले कानुन न्याय तथा संसदीय व्यवस्था र भूमि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ । सेतोपाटीबाट