मेरा खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री देउवाका खुट्टा समाइरहेका छन् : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले आफूलाई अप्ठेरो पार्नेहरूले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाका खुट्टा समाइरहेको बताउनुभएको छ ।

नारायणी किनारमा शुक्रबार एमालेको दसौं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकारबारे आफूले धेरै भन्न नचाहेको बताउनुभयो । प्रधानमन्त्री देउवा र अध्यक्ष ओली चार महिनापछि आज एउटै मञ्चमा देखिनुभएको थियो। पार्टी महाधिवेशनमा अतिथि भएर आएका देउवालाई मञ्चमा राखेर सरकारबारे टिप्पणी गर्न बान्छनीय नहुने उहाँले बताउनुभयो।

‘देउवाजी पनि काम गर्न चाहनुहुन्थ्यो होला तर सकिरहनु भएको छैन । उहाँलाई पनि गाह्रै छ,’ ओलीले भन्नुभयो,‘हिजो मलाई अप्ठेरो पार्नेहरू, मेरा खुट्टा तान्नेहरू आज उहाँको खुट्टा समाइरहेका छन्। ’ओलीले देउवालाई गोप्य कुरा खुस्काउनै पर्ने भयो भन्दै आगामी निर्वाचनपछि देशमा एमालेको सरकार बन्ने बताउनुभयो। ‘स्थानीय चुनावमा पहिलाको जति ४० प्रतिशत होइन त्यो भन्दा बढी ल्याउँछौं,’ ओलीले भन्नुभयो,‘पार्टीका लागि भन्दा पनि देशका लागि एमालेको एकल बहुमत ल्याउनु आवश्यक छ।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार