आगामी निर्वाचनमा एमालेले बहुमत होइन दुई तिहाइ पाउँछः पार्वती रावल

काठमाडौँ । एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलले केपी ओलीको नेतृत्वमा आगामी ३ तहको निर्वाचनमा एमालेले २ तिहाइ बहुमत ल्याउने बताउनुभएको छ । चितवनमा शुक्रबार पाटीको दसौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै रावलले २ तिहाइ बहुमत ल्याएर बाँकी रहेका कामहरू पूरा गर्ने बताउनुभयो।

रावलले चितवन विकास निर्माण शैक्षिक, स्वास्थ्य, कृषि विकास र आधुनिकीकरण तथा सौराहाको पर्यटनले चर्चामा रहेको बताउँदै अध्यक्ष ओलीले अयोध्याभूमिमा राम मन्दिरको स्थापनाले पनि चर्चामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हाम्रा श्रदेय अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले रामको जन्मभूमि अयोध्या धाम घोषणा गर्नुभएको छ ।

आज संसारभर रहेका हिन्दु धर्मावलम्बी राम मन्दिर निर्माणको दिशामा अघि बढेका छौँ ।’ २०१७ सालमा चितवनमा नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन गर्ने तय भए पनि त्यो बेला हुन नसके पनि ६० वर्षपछि एमालेको राष्ट्रिय महाधिवेशन भएकोमा चितवनवासी हर्षविभोर भएको बताउनुभयो । उहाँले चितवनमा राष्ट्रिय महाधिवेशन गरेकोमा पार्टी नेतृत्वलाई धन्यवाद ज्ञापन गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार