बेगखोलामा बोलेरो जीप दुर्घटना अपडेट : वडा सदस्य सहित तीन जनाको मृत्यु

म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिनुभयो । जीपमा चालक सहित ८ जना सवार थिए ।

आठ जना मध्य ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । ज्यान गुमाउनेमा मृत्यु हुनेमा खिमनाथ शर्मा ,खिमु पुन र वडा सदस्य गौमाया विक रहनुभएकाे छ । घाइतेमा हुनेमा स्थानीय बलबहादुर बिक ,ज्ञानु शेरपुर्जा ,मनोज पुन ,दुतबहादुर थापा (चालक) ,र बिसुन फगामी रहनुभएकाे छ।अन्यको भने उद्धार गरी बेनी अस्पताल ल्याइएको छ । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले जीप दुर्घटना भएको जनाएको छ ।
प्रहरी निरिक्षक तथा सुचना अधिकारी विरेन्द्र राज गुरुङका अनुसार साँझ करिब ५ बजेको समयमा दुर्घटना भएको हो । जीप सडकदेखी करिब दुई सय मिटर तल खसृको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार