बोलेरो जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो ,घाइते चार जनालाई थप उपचारका लागि पोखरा पठाइयो

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जीपमा चालक सहित ८ जना सवार थिए ।

आठ जना मध्य ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । भने थप एक जनाको बेनी अस्पतालमा मृत्यु भएको हो । ज्यान गुमाउनेमा बेगका अन्दाजी २७ खिमनाथ शर्मा , अन्दाजी ३० बर्षिय खेम पुनु (खिमु) , ३० बर्षिया वडा सदस्य गौमाया विक र अन्दाजी ४० बर्षिय चालक दुत बहादुर थापा रहेका छन् ।

घाइतेमा हुनेमा स्थानीय ५४ बर्षिय बलबहादुर बिक , ३० वर्षिय ज्ञानु शेरपुर्जा , २३ बर्षिय मनोज पुन ,र २० वर्षिय बिसुन फगामी रहेका छन् । घाइते चार जनालाई थप उपचारका लागि पोखरा स्थित मणिपाल अस्पताल पठाइएको छ ।प्रहरी निरिक्षक तथा सुचना अधिकारी गुरुङका अनुसार साँझ करिब ५ बजेको समयमा दुर्घटना भएको हो । जीप सडकदेखी करिब दुई सय मिटर तल खसेको थियो । सांघुरो घुम्तीका कारण जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार