वडा अध्यक्ष बरुवाललाई पितृ शोक

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस म्याग्दीका नेता कृष्णप्रसाद बरुवाललाई पितृ शोक परेको छ । नेपाल तरुणदल म्याग्दीका पुर्व अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष बरुवालका ८९ बर्षिया पिता शिवप्रसाद बरुवालको राति १:१५ बजेको समयमा निधन भएको हो ।

कास्की स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विहिबार दिउँसो कालिगण्डकी नदीको घाटमा हिन्दु संस्कार अनुसार उहाँको दाहसंस्कार गरिएको छ।बरुवालका चार छोरा र एक छोरी हुनुहुन्छ ।

 

सम्बन्धित समाचार

thumbnail

४९ बर्षिया सुकलालले घरमै नागरिकता पाए

बेनी ।जन्मजात अपाङ्गताको समस्याबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान औल गाउँका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । परिवारको सहायतामा समेत याताउता गर्न नसक्ने,ओछ्यानमै दिशापिसाव गर्ने ४९ बर्षिय गर्बुजालाई प्रजिअ…

thumbnail

खिबाङ आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग (तस्बिरहरु)

बेनी । भारतिय दुताबासले म्याग्दीको खिबाङ आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेकोछ । शुक्रबार दुताबासले बेनीमा एक कार्यक्रमका विच अन्नपुर्ण गाउँपालिका–६ स्थित खिबाङ आधारभुत विद्यालयलाई दुई थान कम्प्युटर र प्रिन्टर सहयोग…

thumbnail

माओवादी केन्द्र अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा फगामी

म्याग्दी । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र अन्नपुर्ण गाउँपालिका कमिटीको अध्यक्षमा ओमप्रसाद फगामी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आईतबार सम्पन्न प्रथम अधिवेशनले वडा नम्वर २ का वडा अध्यक्ष समेत रहेका…