वडा अध्यक्ष बरुवाललाई पितृ शोक

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस म्याग्दीका नेता कृष्णप्रसाद बरुवाललाई पितृ शोक परेको छ । नेपाल तरुणदल म्याग्दीका पुर्व अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष बरुवालका ८९ बर्षिया पिता शिवप्रसाद बरुवालको राति १:१५ बजेको समयमा निधन भएको हो ।

कास्की स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विहिबार दिउँसो कालिगण्डकी नदीको घाटमा हिन्दु संस्कार अनुसार उहाँको दाहसंस्कार गरिएको छ।बरुवालका चार छोरा र एक छोरी हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार