अब हामी कहिल्यै फुट्दैनौँः कमल थापा

काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि पार्टी नफुट्ने घोषणा गर्नुभएको छ । आजदेखि सुरू भएको पार्टीको एकता महाधिवेशनमा उहाँले राप्रपाको अब अर्को एकता महाधिवेशन कहिल्यै नहुने बताउनुभएको छ ।

महाधिवेशनको शुभकामना दिन उपस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई कति पटक एकता महाधिवेशन गर्नुहुन्छ रु भन्ने प्रश्न गरेको प्रसङ्ग सुनाउँदै अब कहिल्यै नफुट्ने प्रतिबद्धता जनाउनुभएके हो ।

भृकुटीमण्डपमा राप्रपाको आजदेखि महाधिवेशन सुरु भएको हो । २०७३ सालमा विभिन्न पार्टी मिलेपछिको राप्रपाको यो पहिलो महाधिवेशन हो । महाधिवेशनको उद्घाटन गर्दै उनले अब पार्टी मन, वचन कर्मले एक भएको पनि बताउनुभयो । यही महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा स्थापित गर्नुपर्ने उहाँले जनाउनुभयो ।

उहाँले महाधिवेशनको सन्देश गाउँगाउँसम्म पुर्याउन पनि कार्यकर्तालाई आग्रह गर्नुभयो । सोही क्रममा उनले अब कहिल्यै पार्टी नफुट्ने नफुटाउने सन्देश पनि पुर्याउनु पर्ने बताउनुभयो । यो महाधिवेशनले पार्टीको वैचारिक कार्यदिशा दिने पनि उहाँले बताउनुभयो । उहाँले महाधिवेशनले नयाँ नेतृत्व सकेसम्म सर्वसहमतिबाट चयन हुने पनि बताउनुभयो ।तर, कुनै कारणले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा उहाँले राप्रपा पुरानो व्यवस्थामा जान नखोजको पनि बताउनुभयो । तर, राजादेखि विप्लवसम्म अट्ने मौलिक प्रजातन्त्रको पक्षमा रहेको पनि बताउनुभयो । राप्रपा मध्यमार्गी विचारको पक्षधर भएको बताउनुभयो ।उहाँले राप्रपाले धार्मिक स्तन्त्रता, समानता स्वीकार गर्ने पनि बताउनुभयो । तर, सनातन धर्मको रक्षा र हिन्दू राष्ट्रको व्यवस्थासँगै जान सकिने पनि बताउनुभयो । उहाँले राप्रपा कुनै एउटा धर्मको विरोधी नभएको पनि बताउनुभयो । nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार