राष्ट्रपति भण्डारीले त्रियान प्रज्ञा सम्मेलनको उद्घाटन गर्ने

रुपन्देही । आज राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा आउने कार्यक्रम रहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनी प्रथम त्रियान प्रज्ञा सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी जाने हुनुभएके हो ।

राष्ट्रपतिले दिउँसो १ बजे मुख्य समारोहको उद्घाटन गर्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताउनुभयो । उहाँले विश्वविद्यालयमा निर्माण गरिएको केन्द्रीय पुस्तकालय भवनको पनि उद्घाटन गर्ने कार्यक्रम छ । त्रियान सम्मेलन उदघाटनअघि राष्ट्रपति भण्डारीले कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रम समेत छ ।

लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताहरुको सहभागी छन् । सम्मेलनको पहिलो दिन बौद्ध संस्कृति र समृद्धिका विषयमा कार्यपत्र प्रस्तुत भएका छन् । विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन आयोजना गरेको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार