राजनीतिक स्थायित्व भएमात्र राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन्छ : पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन नसक्ने बताउनुभएको छ ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पोखरेलले अहिलेको मुलुकको आवश्यक राजनीतिक स्थायित्व भएको भन्दै यसले मात्र मुलकको विकास र स्वतन्त्रताको रक्षा गर्न सकिने बताउनुभयो ।उहाँले देश बनाउने सपनालाई अघि बढाउनका लागि राजनीतिक स्थायित्व रहेको र यसलाई कमजोर पार्न नहुने जिकिर गर्नुभयो ।

पोखरेलले जनप्रतिनिधिले जनतालाई सेवा दिने कुरामा पनि ध्यान केन्द्रित गर्दै जनतासँग गरिएका प्रतिबद्धतालाई व्यहारमा लागु गर्नुपर्ने धारणा राख्नुभयो।सबै दलले जनताको जीवनसँग गासिएका विषयलाई आफ्नो कार्यक्रम बनाउनुपर्ने उहाँको भनाइ छ ।कार्यक्रममा ज्येष्ठ नागरिकका साथै नगरपालिकाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार