आर्सनल एभर्टनसँग पराजित

काठमाडौँ । एभर्टनले इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनललाई पराजित गरेको छ । सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २–१ अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १–१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल गरे। जितसँगै १२औँ स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ । पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार