काठमाडौँ । सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणको मतदान राजधानीको राष्ट्रिय सभागृहमा जारी छ। पहिलो चरणमा कसैल पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो । केन्द्रीय कार्यसमितिको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो मत खसाल्नुभएको छ । देउवाले मतदान गर्नुअघि वृद्ध र अशक्त मतदाताहरुले मत खसालेका थिए । दिउँसो ३ः४० बजेदेखि मतदान शुरु भएको थियो ।
१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी हुनुहुन्थ्यो । पहिलो चरणमा देउवाले २२५८ मत पापाउनुभएको थियो। त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाउनुभएको छ ।
कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको लागि मतदान हुन लागेको हो । दोस्रो चरणमा देउवा र कोइराला प्रतिस्पर्धी हुनुहुन्छ ।देउवालाई सिंह,निधि र गुरुङले समर्थन गर्नुभएको छ । मतदानस्थलमा यतिबेला उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन लाइनमा उभिएका मतदातासँग भोट माग्न व्यस्त हुनुहुन्छ ।