सत्ता गठबन्धनमा विवाद, माधव नेपाल नै बैठकमा अुनपस्थित

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । उक्त बैठक बस्नु अघि सत्तागठबन्धनको बैठक बसेको हो ।

बालुवाटारमा जारी बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बैठकमा नबसी नै बाहिरिनुभएको छ । सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी हुनुहुन्छ ।

प्रधाननिवास बालुवाटारमा सहभागी भए पनि बैठकमा छलफल नै नगरी नेता नेपाल भने बाहिरिनुभएको हो । बाहिरिने क्रममा नेपालले ‘अर्को बैठकमा जान लागेको’ प्रतिक्रिया दिनुभयो ।श्रोतका अनुसार राजदुत लगायतमा विषयमा सत्तागठबन्धनका नेताहरुबीच विवाद छ । नेकपा एसका अध्यक्ष नेपालले सत्तागठबन्धनभित्र राजदुत लगायत नियुक्तिको विषयमा असन्तुष्ट जनाउँदै आउनुभएको छ।

यसअघि माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मावध नेपालले प्रचण्डसमक्ष राजतदुत लगायतको विषयमा असन्तुष्ट पोखेको स्रोतको भनाई छ । प्रधानमन्त्री देउवाले संसद सुचारु गर्ने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएकोे हो । नेकपा एमालेले भने सर्वदलीय बैठकमा नजाने प्रतिक्रिया दिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार