हिमनदी पग्लिँदा एसियाका लाखौँ मानिस प्रभावितः अध्ययन

एजेन्सी । हिमाली क्षेत्रमा तीव्र गतिमा हिउँ पग्लिँदा एसियाका मानिसको जीविकोपार्जनमा ठूलो असर परेको एउटा अध्ययनले देखाएको छ । जलवायु परिवर्तनका कारण अन्य क्षेत्रको तुलनामा एसियामा तीव्र ढंगले हिमनदी पग्लिएको विज्ञहरुले बताउनुभएको छ।

जलवायु परिवर्तनले अस्वभाविक ढंगले हिमालको आकारसमेत घटेको जनाइएको छ । हिमनदी पग्लिँदा एसियाको ब्रह्मपुत्र, गंगा र सिन्धुलगायतका नदीका आश्रित लाखौ मानिस प्रभावित भएका छन् । साइन्टिफक रिपोर्टसमा प्रकाशित सो अध्ययनमा पछिल्ला दशकहरुमा हिमाली क्षेत्रका हिमनदीमा हिउँको मात्रा ४०० वर्ष अगाडिभन्दा १० गुणाले घटेको अध्ययनमा उल्लेख छ ।

लन्डनको युनिभर्सिटी अफ लिड्स स्कुल अफ जियोग्राफीका उपप्रमुख तथा अनुसन्धान टोलीका लेखक डा।जोनाथान क्यारिभिक भन्छन्, ‘ हिमनदीको हिउँ अघिल्ला शताब्दीको तुलनामा १० गुणाले घटेको छ ।’हिमनदीले आफ्नो ४० प्रतिशत क्षेत्र गुमाएको र हिमनदी पग्लिँदा निस्किएको पानीले समुद्रको तहमा बृद्धि भएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार