अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८७ प्रतिशत मानिसले प्रयोग गर्छनः राष्ट्रसंघ

एजेन्सी । अफिम खेती र यसको उत्पादन लामो समयदेखि अफगानिस्ताको इतिहाससँग जोडिएको छ । अफगानिस्तानका अधिकांश क्षेत्रमा अफिम उत्पादन हुन्छ ।

सन् २०२१ को अन्त्यसम्ममा विश्वमा उत्पादन हुने कूल अफिम र हेरोइनमध्ये ९० प्रतिशत उत्पादन अफगानिस्तानमा हुने र उत्पादित ९० प्रतिशत अफिम युरोपेली मुलुकमा निर्यात हुने गरेको राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख छ । ल्याटिन अमेरिकी देशमा कोका खेतीका लागि छुट्टाइएको क्षेत्रभन्दा अफगानिस्तानमा गरिने अफिमका लागि छुट्टाइएको क्षेत्र धेरै छ ।

सन् २००१ देखि नै अफगानिस्तान गैरकानुनी ढंगले विश्वमै धेरै अफिम उत्पादन गर्ने देश बनेको छ । काबुल कब्जा गर्नुअघि सरकारी फौजसँग लडेका तालिवान लडाकुले देशको अफिम उत्पादन हुने क्षेत्रलाई आफ्नो आधार बनाएका थिए । तालिवान लडाकुले अफिमलगायतका लागू पदार्थको ओसार पसार गर्दथे ।

अघिल्लो सिजनमा मात्र अफगानिस्ताले ६८ हजार टन अफिम उत्पादन गरेको थियो । राष्ट्रसंघको लागू औषध तथा अपराध कार्यलयका अनुसार अफगानिस्तानले सन् २०२० देखि अफिम उत्पादनमा ८ प्रतिशतले बृद्धि गरेको छ । अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८७ प्रतिशत प्रयोगकर्ताले उपयोग गर्छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार