सुर्खेत । हिमपात सुरु हुन थालेसंगै डोल्पा, हुम्ला र मुगुको माथिल्लो भागमा रहेका सिमा प्रहरी चौकी र अन्य चौकीहरु सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा गाभिएको (मर्ज) गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ३ जिल्लाका ८ वटा प्रहरी चौकी जिल्लास्थित प्रहरी कार्यालयमा गाभिएको हो।
डोल्पामा दुई सिमा प्रहरी चौकी ५ वटा प्रहरी चौकी हिमपातका कारण सदरमुकाम दुनै सारिएका छन्। डोल्पा सदरमुकाम दुवैस्थित जिल्ला प्रहरी कार्यालयमा मर्ज भएका (सारिएका) चौकीहरुमा सिमा प्रहरी चौकी नाम्दो, सिमा प्रहरी चौकी तिन्जे, प्रहरी चौकी भिजेर, प्रहरी चौकी धौं र अस्थाई प्रहरी बेश राप रहेको छन्।
त्यस्तै हुम्लाका दुई सिमा प्रहरी चौकी जिल्ला प्रहरी कार्यालयमा गाभिएको छ। गाभिएको चौकीहरुमा सिमा प्रहरी चौकी हिल्सा र सिमा प्रहरी कार्यालय लिमि रहेका छन्। मुगुको एउटा सिमा प्रहरी चौकी मुगु मुगु पनि जिल्ला प्रहरी कार्यालय गमगढीमा सारिएको छ। प्रहरी चौकी सहित गाउँ नै रित्तो पारेर स्थानीयहरु समेत हिमपात र चिसो छल्र्न सदरमुकामतिर आउने गर्दछन्। अधिकाँश प्रहरी चौकीहरु कात्तिकको पहिलो हप्तामै जिल्ला सदरमुकाम गाभिएका हुन्।
बाक्लो हिमपात र अत्याधिक चिसो हुने भएको त्यसबेला उच्च हिमाली गाउँहरुमा हिड्दुल गर्न नसकिने भएको प्रहरीदेखी स्थानीय गाउँका स्थानीयहरु गाउँ रित्तो पारेर सदरमुकामतिर झरेका हुन्। हिमपात नै मुख्य समस्या भएकाले हिउँ परेका बेला हिड्दुल गर्न नसकिने, विरामी भए स्वास्थ्य उपचार पाउन मुस्किन हुने, राशन लैजान गाह्रो हुने भएकाले प्रहरी चौकी सदरमुकाममा मर्ज भएको हुम्लाका प्रहरी प्रमुख(डिएसपी) हेरम्ब शर्माले बताउनुभयो।
अहिले प्रहरी चौकीसंगै हिल्सा, लिमी, तिल जाङ लगायत गाउँका स्थानीयहरु सदरमुकाममा हिउँदभरका लागि झरिसकेका छन्। गाउँमा ताला ठोकेर सवै परिवारसहित गाउँ नै रित्तो राखेर सदरमुकाम आएका हुन्। हिमपातमा बाक्लो हिउँसंग जुध्नका भवनदेखी प्रहरीले प्रयोग गर्ने सामाग्रीहरु नहुँदा र स्थानीयहरु धेरै झर्ने भएकाले प्रहरी सदरमुकाममा मर्ज गर्नु परेको डोल्पाका प्रहरी प्रमुख (डिएसपी) निरञ्जन थापाले बताउनुभयो।
अधिकाँश प्रहरी चौकीहरु भाडाँका घरमा बस्ने गर्दछन् । डोल्पाका शे फोक्सुडो, डोल्पो बुद्ध , छार्का ताङसोङ गाउँपालिकाबाट अधिकाँश स्थानीयहरु सुरक्षित स्थानको खोजीमा भेरी किनारमा रहेको डोल्पा सदरमुकाम दुनैमा झर्ने गर्दछन्। ‘कात्तिक मंसिरमै लिमिका स्थानीय झर्छन्।’ सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले भन्नुभयो, ‘हिउँ पर्नु अगावै झरे सिमकोट आउन सक्छन्। ढिला गरे बाटोमा हिउ छिर्चोल्न सकिदैन्। गाउँमै बस्नुपर्ने बाध्यता हु्न्छ।’ उनका अनुसार अधिकाँश हिउँ नपर्दै सिमकोट झर्ने गर्छन्।nagariknews.nagariknetworkबाट