नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

काठमाडौँ । नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त हुनुभएको हो । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त दिएको हो । फेलो चाटर्ड एकाउण्टेड(एफसीए) हुनुका साथै बैंकिङ्ग क्षेत्रमा झन्डै २० वर्षको अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डिपुटी सीईओ) रहनुभएको थियो ।

हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल पुष १६ गते सकिँदैछ । ढुंगानाको जिम्मेवारी दिने गरी बैंकले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत बनाएर ल्याएको हो । योसँगै नवनियुक्त पाण्डेले माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नुहुने छ । हाल नेपाल बंगलादेश बैंकको एक सय वटा शाखा, १० एक्सटेन्सन काउन्टर र ८४ वटा एटिएम सञ्चालनमा रहेका छन् । रातोपाटीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार