अख्तियारले माग्यो पर्यटन बोर्डको कागजात

काठमाडौँ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले नेपाल पर्यटन बोर्डबाट भएको केही योजनाको फाइल मागेको छ । निलम्बनमा परेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले अनियमितता गरेको उजुरीपछि अख्तियारले केही योजनासँग सम्बन्धित कागजात तत्काल पठाउन भनेको छ ।

पछिल्लो सयम विवादसँगै आर्थिक पारदर्शितामा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बार्ड मार्फत् भएको केही योजनाको फाइल माग गरेको हो । सीईओ रेग्मीले आफ्नो कार्यकक्ष निर्माणमा सार्वजनिक खरिद ऐनविपरीत जथाभावी खरिद गरी भुक्तानी दिएको, त्रिभुवन विश्वविद्यालयसँग पर्यटन क्षेत्रको हितभन्दा पनि व्यक्तिगत लाभ पुग्ने गरी प्रक्रिया पूरा नगरी ५ करोडको परियोजना संचालन गरेको, बोर्डको उद्देश्यभन्दा फरक प्रयोजनमा होटलमा भएको खर्चको भुक्तानी गरेकोजस्ता काममा अनियमितता भएको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

विवादमा तानिए पछि निलम्बित रेग्मीमाथि छानबिन गर्न पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा समिति बनाइएको छ । पुस २ को बोर्ड बैठकले सो समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय सीमा तोकिएको छ । पर्यटन बोर्डलाई व्यक्तिगत फाइदामा मात्र बढी प्रयोग गरेको र आफन्तसँग मिलेर मनखुसी करोडौँ रकम व्यक्तिगत लाभ हुने गरी खर्च गरेको जस्ता आरोप रेग्मीमाथि छ । पर्यटन क्षेत्रलाई कम बुझेको र नीजि क्षेत्रसँग कुनै सहकार्य नगरी काम गरेको भन्दै पर्यटन प्रवर्द्धनमा रेग्मीबाट केही आशा गर्न नसकिने पर्यटन व्यवसायीहरूले टिप्पणी गर्दै आएका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार