रामबहादुर थापा ‘बादल’ लगायतका नेतालाई गद्दार घोषणा गर्न माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टी छोडेर हिँडेका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका छन् ।

सो पार्टीको ८ औं महाधिवेशन अन्तर्गत बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथिको छलफलपछि सुझाव पेश गर्दै बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका हुन् । प्रदेश नम्बर १ बाट सुझाव पेश गर्दै हर्कबहादुर नेम्वाङ ‘मेक्सो’ले आफ्नो समुहका तर्फबाट सुझाव पेश गर्दै भन्नुभयो, ‘बादल लगायतका नेताले गद्दारी गरेका छन् । उनीहरले गरेको गद्दारीबारे दस्तावेजमा समेट्नुपर्छ ।’

त्यस्तै उहाँले पार्टीमा कार्यकर्ता मुल्याङकनको विधि बनाउन पनि माग गर्नुभयो । ‘कसैले अवसर पाइरहने, कसैले कहिल्यै नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ’, नेम्वाङले आफ्नो पार्टीको सरकारले गरेका कामहरुलाई उपलव्धिका रुपमा अध्यक्षको दस्तावेजमा समेट्न सुझाव दिनुभयो। प्रचण्डको दस्तावेज मुलत सही भएको भन्दै उहाँले दस्तावेजले पार्टीलाई सही दिशामा हिडाउने संकेत मिलेको र नेताहरुले आफुलाई आफैले रुपान्तरण गर्ने कुरा राम्रो भएको बताउनुभयो। भारत र चीनसँगको सम्बन्धका बारेमा पार्टीमा थप व्याख्या आवश्यक रहेको नेम्वाङले सुझाव दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार