ललितपुर एमाले अध्यक्षका लागि चार नेताको दौडधुप

काठमाडौँ । ललितपुर एमाले अध्यक्ष पदका लागि चार जना नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ । ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल, पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुरको अध्यक्षका लागि दौडधुप गरिरहेका छन् ।

आचार्य ललितपुर एमालेका सचिव हुनुहुन्छ भने सञ्जेल प्रदेश सासंद हुनुहुन्छ । पहिले जिल्ला उपाध्यक्षसमेत रहेका सिलवाल गोदावरी नगरपालिकाको स्थानीय निर्वाचन पराजित हुनुभएको थियो । ​बुङमतीका गाविस अध्यक्ष समेत भएका महर्जन १० बुँदे सहमतिपछि जिल्ला पार्टीको सहसंयोजक नियुक्त हुनुभएको थियो ।प्रेमभक्त महर्जन भने एमाले विभाजित भएर माधव नेपालले एकीकृत समाजवादी गठन गरेपछि एकीकृतमा खुलेका थिए भने पछि एमालेमै फर्कनुभएको हो।

क्षेत्रीय कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य रहिसकेका प्रदेश सासंद सञ्जेल पनि अध्यक्षका लागि दौडधुपमा छन् । एमाले केन्द्रले सकेसम्म सर्वसहमतिमा नेतृत्व चयनका लागि जोडबल गरिरहेको छ । ललितपुरमा ५८० जना प्रतिनिधि महाधिवेशन रहेका छन् । यसमा सबै जनसंगठनबाट एक एक जना मनोनयन भने हुन बाँकी छ ।

पछिल्लो प्रतिनिधि चयनको आँकडा अनुसार ललितपुरको क्षेत्र नं. १ मा चेतनाथ सञ्जेल बलिला छन् भने २ नम्बर र ३ नम्बर क्षेत्रमा आचार्यको पकड छ । जिल्ला सचिव आचार्य २०७० सालको जिल्ला अधिवेशनमा सचिवको दाबी छोडेर उपसचिवमा उम्मेदवारी दिनुभएको थियो । त्यसबेला संविधानसभा निर्वाचनका कारण पद मिलानका कारण कार्यालदय सचिवमा चित्त बुझाउँदै उम्मेदवारी फिर्ता गर्नुभएको थियो।

उहाँ २०५४ देखि २०६४ सालसम्म विद्यार्थी संगठनमा रहेका काम गर्नुभएको थियो । उहाँ २०६४ सालमा अनेरास्ववियुमा केन्द्रीय उपाध्यक्षमा पराजित भएपछि जिल्ला राजनीतिमा सक्रिय हुनुहुन्छ । स्रोतका अनुसार जीवन खड्का र मधुसुधन पौडेल पनि ललितपुर एमाले अध्यक्षमा सर्वसम्मत बन्न दौडधुपमा हुनुहुन्छ । यही २३ पुसमा ललितपुरको मंगलबजारमा नेकपा एमालेको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम राखिएको एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार