नियम विपरित निस्काशित कर्मचारीको पुर्नबहालीको माग गर्दै पेशागत संगठनको विरोध

बेनी ।म्याग्दीको धवलागिरि गाउँपालिका–७, स्थित ताकम माविले बिनाकारण एक कर्मचारी  निकालेको भन्दै पेशागत संगठनले विरोध जनाएका छन् । विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत धर्मराज सुवेदीलाई विब्यस र शिक्षक अभिभावकको बैठकबाट विना प्रमाण अनावश्यक आरोप लगाउँदै हटाइएको भन्दै पुनर्बहालीको माग राख्दै शिक्षक आवद्ध पेशागत संघसंगठनले विज्ञप्ती निकालेका छन् ।

धौलागिरी गाउँपालिकामा क्रियाशिल प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जगबहादुर किसान, नेपाल शिक्षक संघका सभापति धनबहादुर पुर्जा, एकिृकत नेपाल शिक्षक संगठनका अध्यक्ष नेत्रलाल शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनकाका अध्यक्ष प्रगती कार्कीले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै शिक्षक सुबेदीलाई पुनर्बहालीको माग गदैं गाउँपालिकालाई समेत हस्तक्षेप गर्न अपिल गरिएको छ। सुबेदी विगत ६ वर्षदेखि विद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ ।

सम्बन्धित समाचार

thumbnail

पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?

बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमाले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा…

thumbnail

धवलागिरी– ६ मराङमा एमालेको प्यानल विजयी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ६ मल्कवाङमा वडा अध्यक्षमा नेकपा एमालेका राजाराम उपाध्याय विजयी हुनुभएको छ । उपाध्यायले ४ सय ११ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा…

thumbnail

धवलागिरी– ५ मल्कवाङमा कांग्रेसको प्यानल विजयी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ मल्कवाङमा वडा अध्यक्षमा नेपाली कांग्रेसका अमर बहादुर छन्त्यालको विजयी हुनुभएको छ । छन्त्यालले ३ सय ४१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका तिल बहादुर…