नियम विपरित निस्काशित कर्मचारीको पुर्नबहालीको माग गर्दै पेशागत संगठनको विरोध

बेनी ।म्याग्दीको धवलागिरि गाउँपालिका–७, स्थित ताकम माविले बिनाकारण एक कर्मचारी  निकालेको भन्दै पेशागत संगठनले विरोध जनाएका छन् । विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत धर्मराज सुवेदीलाई विब्यस र शिक्षक अभिभावकको बैठकबाट विना प्रमाण अनावश्यक आरोप लगाउँदै हटाइएको भन्दै पुनर्बहालीको माग राख्दै शिक्षक आवद्ध पेशागत संघसंगठनले विज्ञप्ती निकालेका छन् ।

धौलागिरी गाउँपालिकामा क्रियाशिल प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जगबहादुर किसान, नेपाल शिक्षक संघका सभापति धनबहादुर पुर्जा, एकिृकत नेपाल शिक्षक संगठनका अध्यक्ष नेत्रलाल शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनकाका अध्यक्ष प्रगती कार्कीले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै शिक्षक सुबेदीलाई पुनर्बहालीको माग गदैं गाउँपालिकालाई समेत हस्तक्षेप गर्न अपिल गरिएको छ। सुबेदी विगत ६ वर्षदेखि विद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार