जनतालाई कम खान किमको आदेश

एजेन्सी । २०२२ मा उत्तर कोरियाका तानाशाह किम जोङ उनले देशको मुख्य लक्ष्य आर्थिक विकास भएको बताउनुभएको छ। यसैबीच परमाणु हतियारको विकासका विषयलाई लिएर अमेरिकाले प्रतिबन्ध लगाएका कारण उत्तर कोरिया खानेकुराको अभाव झेलिरहेको छ ।

यहीकारण किमले नयाँ आदेश जारी गर्नुभएको छ । जसमा भनिएको छ, कम खानु । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार कोरिया वर्कर्स पार्टीको बैठकमा किमले यो विषयमा जानकारी दिनुभएको हो । तर देश विकासको मामिलामा उहाँ अझै आशावादी रहनुभएको छ । उहाँले भन्नुभयो, ‘अब देशमा कारखाना बनाउने काम हुनेछ र जनताको जीवनस्तरमा सुधार ल्याइने छ । यो समय देश जिन्दगी र मृत्युको अवस्थासँग जुझिरहेको छ ।’

मिडियाले किमको नयाँ तस्बिर सार्वजनिक गरेको छ । त्यसमा उहाँ पहिलेको तुलनामा काफी दुब्लो देखिनुभएको छ । सरकारी अधिकारीका अनुसार देशमा भोजनको कमी मध्यनजर गर्दै किमले आफ्नो खानेकुरा पनि कमी गरिदिनुभएको छ । यसले आफ्नो अवस्था सामान्य भएदेखि नै जनतालाई पनि कम खाने आदेश दिनुभएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार