काँग्रेसमा रामचन्द्र पौडेलले पाए देउवापछिको वरियता

काठमाडौँ । नेपाली काँग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ । सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई दोस्रो वरियता दिइएको हो ।

यसअघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए भने सोमबारको केन्द्रीय समिति बैठकमा उहाँलाई दोस्रो वरियतामा देउवाले राख्नुभएको हो ।

उहाँले महाधिवेशनका बेला राजनीतिबाट सन्यास नै लिनेसम्मको धारणा सार्वजनिक गरेका थिए भने पछि फेरि युटर्न हुँदै राजनीतिमा सक्रिय रहिरहने बताउनुभएको थियो । पौडेलपछि पदाधिकारीहरुको वरियता रहेको छ भने त्यसपछि पूर्वपदाधिकारी, शेखर कोइरालाको रहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार