विगतमा जस्तो झ्वाट्ट यातायात बन्द नहोस् : यातायात व्यवसायी

काठमाडौँ । यातायात व्यवसायीहरूले लकडाउन गर्नुपर्ने अवस्था आए आफूहरूसँग छलफल गर्न सरकारसँग आग्रह गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले लकडाउनको बेलामा जस्तो झ्वाट्ट यातायात बन्द गर्न उपयुक्त नभएको बताउनुभयो । उहाँले लामो दूरीको यातायातमा सिट संख्या अनुसारमात्र यात्रु बोक्ने गरिएकाले बन्द गर्न आवश्यक नरहेको तर्क गर्नुभयो।

‘लामो दूरीको बस नचलाउँदा विगतमा निजी गाडीले चर्को शुल्क लिएर मान्छे ओसार्ने काम गरे’, सिटौलाले भन्नुभयो, ‘लामो दूरीका बसमा जहाजका भन्दा राम्रो सिट छन्।’उहाँले लकडाउनका कारण अर्बौं गुमाए पनि यातायात व्यवसायीले राज्यबाट कुनै सहुलियत नपाएको बताउनुभयो।यातायात क्षेत्रमा झण्डै ११ लाख मजदूर आश्रित रहेको उनले उल्लेख गर्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार