नक्कली मोबिल बनाएर बिक्री गरेको आरोपमा दुई जना पक्राउ

रौतहट । नक्कली मोबिल बनाएर बिक्री वितरण गरेको आरोपमा रौतहटबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजदेवी नगरपालिका–९ का २८ वर्षीय राणारौशन सिंह र ४२ वर्षीय हरेन्द्रकुमार सिंह छन्।

गौर नगरपालिका–५ मा राणारौशनले सञ्चालन गरेको जय शिव शक्ति अटोमोबाइल पसलमा नक्कली मोबिल फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो।मल्लका अनुसार अटोमोबाइलनजिकै रहेको घरमा गोदाम सञ्चालन गरी उनीहरूले नक्कली मोबिल बिक्री वितरण गर्ने गरेको खुलेको छ।

क्यास्ट्रोल, बजाज, हिरोहोण्डा कम्पनीको लोगो राखेर उनीहरूले मोबिल बेच्ने गरेका थिए।गोदामबाट प्रहरीले नक्कली मोबिल भरिएको ३ हजार बट्टा, खुला रूपमा मोबिल राखेको दुई सय लिटरको ड्रम र मोबिल राख्ने गरेको टिमको ९ वटा ड्रम बरामद भएको मल्लले जानकारी दिनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार