९ घण्टापछि खुल्यो सुख्खा पहिरोले अवरूद्ध नारायणगढ–मुग्लिन सडक

चितवन । तोपे खोलामा सुख्खा पहिरो झरेपछि अवरूद्ध बनेको नारायणगढ–मुग्लिन सडक ९ घण्टापछि सवारी साधन चल्न थालेका छन्।

चितवनको इच्छाकामना गाउँपालिका–६ अन्तर्गत तोपे खोलामा बिहान साढे २ बजेतिर सुख्खा पहिरो झरेर बाटो अवरूद्ध भएको थियो। बाटो बन्द हुँदा सयौं सवारी साधन रोकिएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिबारीले सवा ११ बजेपछि सवारी साधन चल्न थालेको बताउनुभयो।सडकमा खसेको पहिरो हटाएपछि यातायातका साधन दुई तर्फी सञ्चालनमा आएको उहाँले बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार