लुम्बिनीमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

बुटवल । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ । तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्यले मत हालेका थिए भने स्थानीय तहका २१३ मतदाताले भोट खसालेका थिए।

सत्ता गठबन्धनका राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) का उम्मेदवार विजयी हुनुभएको हो भने एमालेका भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्ता पराजित हुनुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार