जनहितमा समर्पित हुने हौसला प्राप्त होस् : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन शहीद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

शहीद दिवस २०७८ को अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ । दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ मन, वचन र कर्मले समर्पित भएमात्रै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाइ छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार