बालाजु बाइपासमा हटाइएका ३९ घरपरिवारलाई पुनःस्थापना गराउन माग

काठमाडौँ । बालाजु बाइपासमा बाटो साँघुरो भएको नाममा ३९ घर परिवारलाई प्रचलित ऐन, कानून, अदालतको आदेश उल्लङ्घन गरी हटाइएको घटनाप्रति बिरोध भएको छ । उपत्यकाव्यापी सडक बिस्तार पीडित सङ्घर्ष समितिले विज्ञप्ति जारी कानून विपरीतका यस्ता काम रोकेर पीडित परिवारलाई सोही स्थानमा पुनःस्थापना गराउन माग गरेको छ ।

अदालतले सो स्थानमा प्रवेश नगर्नु, नगराउनु भन्ने आदेश दिएपनि अहिले शौचालय, ट्याक्सी पार्क र सूचना केन्द्र बनाउने काम भइरहेकोमा समितिले आपत्ति जनाएको हो । अदालतको आदेश विपरीत संरचना बनाउने नाममा सो स्थानमा डोजर चलाइएको छ । समितिले पीडितलाई सोही स्थानमा पुनर्वास नगराए आन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार