नेपाली क्रिकेट टोलीको ‘फिल्डिङ कन्सलट्यान्ट कोच’मा श्रीनिवास नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त हुनुभएको छ । ओमानमा हुन लागेको आइसिसी विश्वकप क्रिकेटको ग्लोबल छनोटका लागि श्रीनिवास फिल्डिङ प्रशिक्षको रुपमा नियुक्त हुनुभएको हो ।

उहाँ नेपाली टिमको क्लोज क्याम्पको जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्रिकेट अष्ट्रेलयाको हाइ परफरमेन्स (तेस्रो लेभल) कोर्स गरेका श्रीनिवासले यसअघि अमेरिका क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् । नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके यसअघि अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास फिल्डिङ प्रशिक्षक हुनुहुन्थ्यो ।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । नेपालले फेब्रुअरी १७ देखि ओमानमा टी–२० विश्वकप ग्लोबल क्वालिफार खेल्दै छ । त्यसअघि फेब्रुअरी १७ देखि ४ देशीय टी–२० सिरिज खेल्दै छ । ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’ मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएइ गरी ८ टोली छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार