प्रदेश १ मा मन्त्रालय फुटाएर १२ पुर्‍याइयो

काठमाडौँ । पाँच दलील गठबन्धनलाई भागबन्डा मिलाउन प्रदेश नम्बर १ का मन्त्रालय फुटाएर १२ पुर्‍याइएको छ ।आइतबार बसेको प्रदेश १ मन्त्रिपरिषद्को बैठकले ७ बाट फुटाएर मन्त्रालयको संख्या १४ पुर्‍याएको हो ।तर मन्त्रालय फुटाउन मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारका कोही अधिकारी बोलेका छैनन् ।

मन्त्रालयको भागबन्डा नमिलेपछि प्रदेश १ मा मन्त्रीमण्ड विस्तारमा ढिलाइ हुँदै आएको थियो । मुख्यमन्त्री राजेन्द्र राईले भौतिक पूर्वाधार, कृषि तथा सहकारी, सामाजिक विकास, भूमि व्यवस्था र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १२ पुर्‍याउने निर्णय गरेका हुन् ।मुख्यमन्त्री राईले अबको केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । मन्त्रायलको संख्या बढाएको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ ।

तर, गठबन्धनमा सहभागी सबै दललाई भागबन्डा गर्नुपर्ने भएकाले मन्त्रालय फुटाउनु परेको सरकारले बताएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानीका लागि प्रशासनिक संरचनाहरु बनाउन जग्गा व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ । बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार