
काठमाडौँ । राष्ट्रिय सभा सदस्य, पूर्वउपप्रधानमन्त्री तथा पूर्वएमाले उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने तयारी गर्नुभएको छ । उहाँका सचिवालयका अनुसार केही दिनमा उनले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी गर्नुभएको छ ।
६ वर्षको लागि राष्ट्रिय सभा सदस्य बनेका गौतम २०७४ सालको संसदीय चुनावमा बर्दिया–१ मा पराजित हुनुभएको थियो । उहाँलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मा राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो। सरकारको सिफारिलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्नुभएको थियो।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा गौतम उपाध्यक्ष हुनुहुन्थ्यो। नेकपा विभाजनपछि पनि उहाँ एमाले उपाध्यक्ष हुनुहुन्थ्यो।
एमाले विभाजन भएपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिनुभएको थियो । उहाँ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा पनि जानुभएन्।उहाँ एमालेको १० औँ राष्ट्रिय महाधिवेसनमा पनि सहभागी हुनुभएको थिएन । २०५४ मा एमालेबाट विभाजित भएर गौतमले आफ्नो नेतृत्वमा नेकपा (माले) गठन गर्नुभएको थियो । मालेले चार वर्षपछि २०५८ मा एमालेसँग एकता गरेको थियो। नागरिक खबरबाट