
बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ म्याग्दीको अध्यक्षमा धु्रब कुमार खत्री चयन हुनुभएको छ । शुक्रबार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट खत्री अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । नेपाली कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौड्यालका अनुसार , कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर बानियाँ र भिमबहादुर पौडेल ,सचिवमा चित्रराज आचार्य र जगतबम मल्ल , सहसचिवमा नारायनप्रसाद सापकोटा तथा कोषाध्यक्षमा सोवित शर्मा चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा जितमान पाइजा , जेमबहादुर पुन , कर्ण मल्ल,मनिता बरुवाल खड्का ,रुद्धबहादुर थापा , मानबहादुर सापकोटा र सरस्वती गिरी चयन हुनुभएको छ । त्यस्तै केन्द्रिय अधिवेशन प्रतिनिधिमा सम्मरबहादुर थापा , यामबहादुर बानियाँ र बिन्दु मल्ल रहनुभएको छ । भने प्रदेश अधिवेशन प्रतिनिधिहरुमा याम बहादुर खत्री ,केशमाया पुर्जा र कमला घिमिरे चयन हुनुभएको छ । कार्यक्रममा कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ , उपसभापति केवी भण्डारी लगायत कांग्रेस म्याग्दीका नेताहरुको उपस्थिती रहेको थियो । अध्यक्ष खत्रीले महासंघले किसानको हक अधिकारका लागि काम गर्ने बताउनुभयो ।