म्याग्दीको मुदी र बागलुङको खुङ्खानी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मुदी र बागलुङको खुङ्खानी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान ३ : १४ बजेको समयमा  म्याग्दीको धवलागिरी गाउँपालिका-४, मुदी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसैगरी बिहान ६ बजेर २० मिनेटमा बागलुङको तमानखोला गाउँपालिकाको खुङ्खानी केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भुकम्प गएको हो ।म्याग्दी र बागलुङका पश्चिम क्षेत्रमा भुकम्पको महसुस भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार