स्थानीय तहको निर्वाचन नगरेर गठबन्धन सरकार प्रतिगमनतिर : जनजाति महासंघ

काठमाडौं । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले स्थानीय तहको निर्वाचन घोषणा नगरेर सत्ता गठबन्धन प्रतिगमनको दिशामा उद्दत रहेको आरोप लगाएका छन् ।

महासंघका अध्यक्ष तथा इञ्चार्ज गोकुल घर्तीले विज्ञप्ति जारी गर्दै संवैधानिक सर्वोच्चतालाई कुल्चँदै स्थानीय तह गर्न आलटाल गर्नु प्रतिगमनको दिशामा उद्दत रहेको स्पष्ट गरेको आरोप लगाएका हुन् ।

समयमै निष्पक्ष निर्वाचन गराई सुदृढ लोकतान्त्रिक व्यवस्थालाई जीवन्तता प्रदान गर्न महासंघको माग छ । तत्काल निर्वाचनको मिति घोषणा नगरे महासंघ आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार