चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ। महासचिव पोखरेलले अव हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँमा नयाँ जनादेशले ठाउँ लिने पनि बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भन्नुभएको छ, ‘जनादेशको सम्मान,राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँच दलीय गठबन्धन ।’त्यस्तै उहाँले चुनावमा जनता नै न्यायाधीश हुने भन्दै अब हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँ नयाँ जनादेशले लिने दावी समेत गर्नुभएको छ ।

‘चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् । एजेण्डा विहिन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने हो’, पोखरेलले भन्नुभएको छ, ‘अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त बोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ ।’ रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार