कांग्रेसले सभामुख सापकोटालाई महाभियोग लगाए एमालेले साथ दिन्छ : रायमाझी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताउनुभएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको बताउनुभयो । ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौँ । उहाँ विधिसम्मत रुपमा चल्नुभएन,’ उहाँले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार